Logo
१३ बैशाख २०८१, बिहीबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कश्मीर घटना र इपीजीबारे राजपा नेपालको असन्तुष्टि

कुनैबेला नेपाल स्थित भारतीय राजदुतावासको रबर स्टाम्प मानिने राष्ट्रिय जनता पार्टी राजपा नेपालले कश्मीर घटनाबारे नेपाल सरकारको स्पष्ट धारणा माग गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै पार्टी अध्यक्ष तथा सांसद महेन्द्र राय यादवले यस्तो माग गरेका हुन् ।

‘चीन र भारत हाम्रा छिमेकी देश हुन् । राम्रो सम्बन्ध हुनुपर्छ । नेपाल र भारतको बहुआयामिक सम्बन्ध पनि छ । नेपाल र भारतको संयुक्त बैठक पनि हालै बसेको छ । यो बैठकले कश्मीर समस्याबारे परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुभयो । हामी भन्न चाहान्छौँ कश्मीरबारे सरकारले देशलाई गुमराहमा नराखोस्,’ यादवले भने, ‘सरकारले कश्मीर समस्याबारे नेपाली जनतालाई जानकारी गराओस्,जसले राजनीतिक दलहरुलाई धारणा बनाउन सजिलो बनाउँछ ।’

साथै, उनले इपीजी सदस्यका नामहरुप्रति पनि आपत्ति जनाए । ‘इपीजी गठनमा आएका नाम एकपक्षीय र असन्तुलित देखिन्छ । प्रतिपक्षीलाई पनि समेटिएन । मधेसको प्रतिनिधित्व छैन । यो गठनले देशले निकास पाउँदैन,’ सांसद यादवको भनाई थियो ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्