Logo
११ बैशाख २०८१, मंगलबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक वर्षकै अवधीमा कान्तिपुरमा सम्पादक फेरिए, वाग्लेको ठाउँमा फेरि शर्मा

काठमाडौँ : निजि दैनिक पत्रिका कान्तिपुर दैनिकको प्रधानसम्पादकमा सोमबारद‍ेखि लागू हुने गरी सुधीर शर्माले जिम्मेवारी पाएका छन्। यसअघि गत वर्ष सुधीर शर्मालाई नै विस्थापित गरेर नारायण वाग्ले कान्तिपुरको प्रधान सम्पादकको जिम्मेवारीमा आएका थिए।

यसअघि पनि १४ वर्षअघि वाग्लेलाई नै विस्थापित गरेर शर्माले प्रधान सम्पादकको जिम्मेवारी पाएका थिए। गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका रजनीश ऋखि आएपछि कान्तिपुरबाट शर्मा र काठमान्डु पोस्टबाट अखिलेश उपाध्यायले प्रधान सम्पादकबाट राजीनामा दिएका थिए।

‘कर्पोरेट’ र ‘बिजनेश’ नेतृत्वमा भारतीय नागरिक ऋखि आएपछि शर्मा र उपाध्यायले कान्तिपुर मिडिया ग्रुपले राष्ट्रिय हितमा सम्झौता गरेको भन्दै राजीनामा दिएका थिए।

यसबीच ऋखि पनि कान्तिपुरबाट बाहिरिएका छन्उ भने उपाध्यायले काठमान्डु पोस्ट छाडेपछि उनको ठाउँमा प्रधान सम्पादक बनेर अनुप काफ्ले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

वाग्लेको फेसबुक पोष्ट यस्तो छ : 

 

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्