Logo
६ बैशाख २०८१, बिहीबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता, चितवन जिल्ला अदालत समक्ष प्रतिवादीहरुको बयान

काठमाडौंः पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा रवि लामिछाने, सहित युवराज कँडेल र नर्स अस्मिता कार्की विरुद्ध मुद्दा दर्ता गराएको छ ।

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

र, मुद्दामा आवश्यक अध्ययन अनुसंधानपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, कार्यक्रम उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरिएको हो ।

श्रेष्तेदार गिरीका अनुसार मुद्दा दर्ता भएपछि अब अदालत समक्ष प्रतिवादीहरुद्वारा बयानको क्रम सुरु भएको छ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्