Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुरमा रहेका बेला प्रचण्डद्वारा राजनीतिक भेटघाटमा तीव्रता

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपीशर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुरमा रहेका बेला अर्का अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् । बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए ।

प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतको दावी रहेको छ । राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन ।

तर, प्रचण्डको सचिवालयले भने दुवै भेटघाटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।

 

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्