Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइलार्ई लामखुट्टेले धेरै टोक्छ ? यस्ता हुनसक्छन् कारणहरु

गर्मी याम बढेसँगै लामखुट्टेले धेरै सताउने गर्छ । तर के तपाइलाई थाहा छ, लामखुट्टेले कसैलाई धेरै त कसैलाई थोरै टोक्ने गर्छ । आज हामी कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ त भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१. ओ (O) ब्लड ग्रुप भएको मानिसप्रति बढी आकर्षित हुन्छन् । चाखलाग्दो कुरा त, हाम्रो शरीरबाट हरेक ब्लड ग्रुप को छुट्टाछुटै तरंग निकाल्ने गर्दछ ।

२. कार्बोनडाईअक्साइड बढी निकाल्ने व्यक्तिप्रति लामखुट्टे बढी आकर्षित हुन्छन् । बढी मात्रामा बयस्क तथा गर्भवती महिलाबाट कार्बोनडाईअक्साइड निक्लने भएकोले बच्चाहरु भन्दा ती वर्गका मानिसहरुलाई बढी लामखुट्टेले टोक्ने गर्दछ ।

३. बढी पसिना निकल्ने वा निकाल्ने व्यक्तिलाई लामखुट्टे बढी टोक्ने गर्छ । ल्याक्टित एसिड, युरिक एसिड, एमोनिया जस्ता रसायनहरु पसिनामा हुने भएकोले लामखुट्टे बढी आकर्षित हुने गरेको हो ।

४. छालामा कोलेस्ट्रोल बढी भएमा लामखुट्टेले बढी टोक्ने गर्छ । छालामा कोलेस्ट्रोल हुने भन्नाले शरीरमा बढी भएर भएको नभई शरीरले बढी कोलेस्ट्रोल प्रोसेसिङ्ग गर्दा छालामा रहन गएको हो ।

५. जाँडरक्सी खाने मानिसमा पनि लामखुट्टे आकर्षित हुने गरेको छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्