Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुंगियो नेकपा मकवानपुरकोे एकीकरण : तत्कालीन एमालेको भागमा पर्यो ६ वटा स्थानियतह

हेटौंडा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले एकता प्रक्रियालाई स्थानीय तहसम्म टुंग्याएको छ ।

आइतबार बिहान बसेको सचिवालयको बैठकले जिल्ला कार्यालय र स्थानीय तहको एकीकरण टुग्याएको हो । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला सचिव प्रेमबहादुर पुलामीका अनुसार एकीकरणका क्रममा तत्कालीन नेकपा एमालेको भागमा ६ वटा र माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तहको नेतृत्व दिइएको छ ।

बैठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको उनले बताए ।

हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र भीमफेदी गाउँपालिका तत्कालीन एमालेको भागमा परेको छ । तत्तकालीन माओवादीको भागमा राक्सिराङ गाउँपालिका, मनहरि गाउँपालिका, वाग्मती गाउँपालिका र थाहा नगरपालिका माओवादीको भागमा परेको छ ।

जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन् ।

स्थानीय तहका अध्यक्ष र सचिव :
हेटौंडा उपमहानगरपालिका अध्यक्ष : रघु आचार्य

सचिव : तीर्थ थापा

थाहा नगरपालिका अध्यक्ष : अरुण रायमाझी

सचिव : सानुकाजी गोपाली

वाग्मती गाउँपालिका अध्यक्ष : अरुण बल

सचिव : उत्तम पौडेल

वकैया गाउँपालिका अध्यक्ष : नारायण तिमल्सिना

सचिव : भक्तबहादुर खत्री

मकवानपुर गढी गाउँपालिका अध्यक्ष : रामजी सापकोटा

सचिव : राजकुमार खड्का

भीमफेदी गाउँपालिका अध्यक्ष : सानु थापा

सचिव : दीपक गोले

इन्द्रसरोवर गाउँपालिका अध्यक्ष : ऋषि पुडासैनी

सचिव : बिर्जु तामाङ

मनहरि गाउँपालिका अध्यक्ष : रामप्रसाद कालाखेती

सचिव : हेमलाल उप्रेती

राक्सिराङ गाउँपालिका अध्यक्ष : हस्तबहादुर मुक्तान

सचिव : ओम स्याङ्तान

कैलाश गाउँपालिका अध्यक्ष : बुद्धिबहादुर मुक्तान

सचिव : लालसिं गुरुङ

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्