Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीमदत्त नगरपालिकाको आम्दानी २ गुनाले वृद्धि

स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी २ गुनाले वृद्धि भएको छ । निर्वाचनपछिका २ वर्षमा आन्तरिक आम्दानी दोब्बरले वृद्धि भएको हो ।

आव २०७५/७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी रु ५ करोड थियो ।

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको रु ५ करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताए । गत आवको आम्दानीका आधारमा चालू आवमा रु १३ करोड २४ लाख आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले रु १ अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी रु ५ करोड ३२ लाख राजश्व सङ्कलन गरिएको छ । सेवा शुल्कबाट रु ४ करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । रु ३ करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट रु ४ करोड ७७ लाख आम्दानी गरिएको छ ।

नक्सापासबाट रु १ करोड २० लाख, बहालकर रु ५४ लाख ४७ हजार आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर रु २ करोड ४९ लाख, व्यवसाय कर रु ९२ लाख, सम्पत्ति कर रु ८२ लाख, दस्तुर रु २ करोड ४५ लाख सङ्कलन गरिएको थियो ।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताए । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्