Logo
१३ बैशाख २०८१, बिहीबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रभासको ‘साहो’ले रिलीज अघि नै तोड्यो ‘बाहुबली-२’ को रेकर्ड

साउथ इन्डियन फिल्मका सुपरस्टर प्रभासको आगामी फिल्म साहोले ‘बाहुबली-२’ को रेकर्ड तोडेको छ । सिल्वर स्क्रीनमा ‘बाहुबली-२’ रिलीज भएको २ वर्षपछि एक्शन थ्रिलर फिल्म ‘साहो’ लिएर आउन लागेका प्रभासको ‘साहो’ले ‘बाहुबली-२’ को रेकर्ड तोडेको जनाइएको छ ।

यो फिल्म हिन्दी, तमिल र मलयालम गरी ३ भाषामा एकैसाथ रिलीजमा आउन लागेको छ । ‘साहो’लाई नर्थ इन्डियामा ४५०० वटा स्क्रिनमा रिलीज गरिनेछ ।

भारतीय मिडियाका अनुसार ‘साहो’ तामिलनाडुमा करीब ५५० वटा स्क्रिनमा रिलीज हुनेछ । यो भन्दा पहिले ‘बाहुबली-२’ राज्यका ५२५ वटा मात्रै स्क्रिनमा रिलीज भएको थियो ।

यसैबीच, ‘साहो’ को तेलुगू थियेट्रिकल राइट्स १२५ करोड भारतीय रुपियाँमा बिक्रि भएको छ । यसले पनि ‘बाहुबली-२’ को रेकर्ड तोड्न सफल भएको छ ।

राजामौलीको फिल्म ‘बाहुबली-२’ तेलुगू राइट्स १२२ करोड भारतीय रुपियाँमा विक्री भएको थियो । यस फिल्मका लागि दर्शकमा निकै उल्लास देख्न सकिन्छ ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्