Logo
१३ बैशाख २०८१, बिहीबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ विधिबाट प्रधानमन्त्रीको उपचार : ‘रगतमा दुषित पदार्थ’

काठमाडौँ : सिंगापुरमा उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट भइरहेको छ । उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले उक्त जानकारी दिएका छन् ।

उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी अस्पतालमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको रिमालले ट्विटरमा एक सन्देश जारी गर्दै जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक प्रोफेसर डा‍. दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिने छ। प्रधानमन्त्रीको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा रहेको पनि रिमालले जानकारी दिएका छन् ।

रगतमा रहेको दुषित पदार्थ प्लाज्मामा जम्मा हुने भएकाले दुषित पदार्थ छुट्याएर त्यसलाई (फेर्ने) विधिलाई प्लाज्मा फेरेसिस भनिन्छ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्