Logo
८ बैशाख २०८१, शनिबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुटवलमा ट्रकले साइकलयात्रीलाई किच्दा १ को मृत्यु १ घाईते

बुटवल : रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा १ जनाको मृत्यु भएको छ ।

लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउँसो किच्दा साइकलमा सवार पाल्पा रैनादेवी गाउँपालिका – ७ बस्ने २५ बर्षीय पुर्ण बहादुर रास्कोटीको घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका ३६ वर्षीय थम्मन सिंह रास्कोटी भने घाइते भएका हुन् ।

घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्