Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले जयशंकरलाई द्वारिका होटलमा नभेट्नुको यस्तो छ कारण

काठमाडौं : भारतीय विदेश मन्त्री एस.जयशंकरले आफ्नो नेपाल भ्रमणको क्रममा सबै राजनीतिक भेटघाट द्वारिका होटलमा नै राखिएका थिए ।

तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय विदेश मन्त्री एस.जयशंकरलाई भेट्न नमानेको विषय बाहिरिएको छ । मन्त्री जयशंकरले अध्यक्ष प्रचण्डलाई पनि भेटघाटका लागि द्वारिका होटलमा नै बोलाएका थिए ।

अध्यक्ष प्रचण्डले आफू त्यहाँ नआउने र भेटघाटको व्यवस्था अरु कुनै होटलमा मिलाउन भनेका थिए, तर मन्त्री जयशंकरले अर्को होटलमा जान नमानेपछि प्रचण्डसँग भेटघाट हुन सकेन ।

सोही होटलमा काँग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्षमण्डलका सदस्यहरुसँग उनले भेटघाट गरेका थिए ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा भन्छन्, ‘पार्टीको बैठक भएको कारण दुईजनाका बीचमा भेटघाट भएन । भेटघाट गर्ने समयमा सचिवालयको बैठक थियो त्यही भएर अध्यक्ष प्रचण्डसँग भेट हुन सकेन ।’

तर भारतीय दूतावासका एकजना पदाधिकारीले भने, ‘जयशंकर र प्रचण्डबीच भेटघाटको कार्यक्रम नै थिएन । नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटिसकेपछि पुनः अर्का अध्यक्ष प्रचण्डसँग किन भेट्नुपर्यो भन्दै भेटघाट कार्यक्रममा राखिएको थिएन ।’

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्