Logo
८ बैशाख २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक-२ को अफर पाउँदा म खुसीले ५ मिनेटसम्म उफ्रिरहें : आलिया भट्ट

मुम्बई :  बलिउडको चुलबुली गर्ल मानिने आलिया भट्ट अहिले सडक -२ को सुटिङमा व्यस्त छिन् । व्यस्त आलियाले सडक -२ को अफर आउँदा आफू खुसीले उफ्रिएको अनुभव सुनाएकी छन् ।

‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ, म मुम्बईबाट बाहिर थिएँ । अचानक मलाई कल आएको थियो कि म फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले ५ मिनेटसम्म उफ्रिरहें । म खुब उत्साहित थिएँ र सुटिङ पनि राम्रै चल्दै छ ।’

यस फिल्ममा आलियासँग पूजा भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त पनि देखिनेछन् । लामो समयपछि आलियाका पिता महेश भट्टले यस पफिल्ममा निर्देशन गर्ने भएका छन् ।

आलिया यसपछि सञ्जयलीला भन्सालीको इन्साअल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन् ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्