Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : राजधानी र नामाकरणको सवालमा कांग्रेस सांसदको फरक मत

जनकपुरधाम :  राजधानी र नामाकरणको सवालमा नेपाली काँग्रेसका ४ सांसदले फरक मत राखेका छन् । नेपाली काँग्रेसका ४ प्रदेश सांसदले पार्टी संसदीय दलको निर्णय विपरीत प्रदेश २ को राजधानी र नामाकरणको सवालमा फरक मत राख्दै प्रदेशसभा सचिवालयमा बिहीबार प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सांसद राजेश्वर प्रसाद साहको नेतृत्वमा फरक मत राख्दै प्रदेश २ को नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ राख्नुपर्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

काँग्रेसका सांसद साह सहित ओमप्रकाश शर्मा, शंकर प्रसाद चौधरी र असियादेवी थरुनी नाम ‘मध्य मधेश’ र राजधानी ‘वीरगञ्ज’ हुनुपर्ने पक्षमा छन् ।

नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रदेश २ को नाम ‘मिथिला भोजपुरा’ र राजधानी ‘जनकपुरधाम उपमहानगरपालिका’ राख्ने निर्णय गरेर प्रदेशसभा सचिवालयमा उक्त प्रस्ताव समेत दर्ता गराइसकेको छ ।
प्रदेशसभामा काँग्रेसको १९ प्रदेश सांसद छन् ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्