Logo
८ बैशाख २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धित विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन् ।

सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बने ।

मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी बसेको कुर्सीबाट जुरुक्क उठेका थिए । बैठक छोडेर मन्त्री बाहिरिन खोजेपछि केहिबेर स्थिति असहज बन्यो ।

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोखे । उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए ।

समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपनि बैठक निर्धा्रित विषय वस्तुमा प्रवेश नै नगरि शुक्रबार बस्ने गरि स्थगित भएको छ ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्