Logo
११ बैशाख २०८१, मंगलबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी र बाँधले हुने समस्याको समाधान निकाल्न भारतीय विदेशमन्त्री जयशंकरलाई राजपाको आग्रह

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले बाढी र बाँधले हुने समस्याको स्थायी समाधान निकाल्न भारतीय विदेशमन्त्री एस. जयशंकरलाई आग्रह गरेका छन् ।

विदेशमन्त्री जयशंकरसँग बुधवार राती होटल द्वारिका भेटघाट गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका नेताहरुले भारतीय सीमामा बाँधिएको बाँधले प्रत्येक वर्ष दुवैतर्फ ठूलो क्षति हुने गरेको भन्दै यसको समाधान चाँडै निकाल्नुपर्ने सुझाव दिएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताए ।

दुवै देशले कुनै दीर्घकालीन योजना नबनाएसम्म यसको समाधान ननिस्किने नेताहरुको भनाइ थियो ।

त्यसको जवाफमा भारतीय विदेश मन्त्री जयशंकरले बाढीले नेपाल–भारतको सीमावर्ती क्षेत्रमा ठूलो असर गरेको कुराबाट आफू जानकार रहेको बताएका थिए ।

भारत सरकारले यसबारेमा नेपाल सरकारसँग मिलेर केही योजना बनाउन लागेको उनले बताएका बताए ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्