Logo
७ बैशाख २०८१, शुक्रबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इनरुवा वितरण केन्द्रले गर्यो १ वर्षमा डेढ करोड राजश्व सङ्कलन

इनरुवा :  १ वर्षको अवधिमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले करिव रु डेढ करोड राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा रु १ करोड ४५ लाख ५१ हजार ४० राजश्व सङ्कलन भएको केन्द्रका प्रमुख ई सञ्जीवकुमार साहले बताए । सो अवधिमा काटिएका विद्युत लाइन, कालो सूची, हुकिङ र मिटर चुहावटमा गरिएको कार्वाहीमा सो रकम सङ्कलन भएको थियो ।

आव २०७५/७६ मा तोकिएको समयभित्र बिलबमोजिम भुत्तानी नदिने ६११ को लाइन काटिएकामा ५९७ जनाबाट रु १ करोड २६ लाख ६० हजार ९८० असुल गरिएको थियो भने कालोसूचीमा परेका १५२ मध्ये ६ जनाले मात्र रू ४ लाख ८ हजार ७६९ जरिवाना बुझाएका थिए ।

यसैगरी ५०२ स्थानका हुकिङ हटाएइनाका साथै गरिएको कार्बाहीमा रु ११ लाख १४ हजार ५६ राजश्व असुुल भएको केन्द्रका प्रमुख साहले बताए । मिटर चुहावट असुली रकम भने रू ३ लाख ६७ हजार २३५ पुगेको थियो ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्