Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई भतिजको देवेन्द्रको पत्र : रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचो हुनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवेन्द्र ओलीले काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र :

आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन । उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशमा सम्बृद्धी नै आउने हो । हजुर नेपालको सबै जनसंख्या र बिदेशमा रहेका उनिहरुका परिवार को अभिभावक पो हो त ।

आलोचना र बिरोध गरेकै भरमा असहिष्णु बन्नु पक्कै पनि राजनेतालाई सुहाउदैन। देश र जनतालाई प्रतक्ष्य राहत हुने गरी कार्ययोजनालाई अगाडी बढाई, अरु केही चाहिदैन वाईड बढी घोटला ,सुनकाण्ड र निर्मला पन्तको वास्तविक अपराधीलाई कारबाही गरी देशमा शुसासन शुरु भएको संदेश मात्र दिनुहोस हजुर को क्रेज र महत्व नाकाबन्दिको समयको भन्दा कैयो गुणा बढी हुनेछ।

अझ सक्नुहुन्छ भने चितवन त फोन गरेर रबि लामीछाने लाई रिहा गराईदिनु भयो भने हजुरको अझ कद उचो हुनेछ । यती मात्र होईन धमिलो पानिमा माछ मार्न सकिन्छ की भनेर जुरमुर्याउदै गरेका प्रतिगमनकारीहरुले नि ठाउ पाउने थिएनन ।

उपचारको लागी सिंगापुर जादै हुनुहुन्छ पुर्ण रुपमा स्वास्थ्य लाभ को कामना गर्दछु। हजुर फर्कदा हजुरको स्वास्थ्य र देशको अवस्था दुबैमा पुर्ण सवल र सक्षम बनोस । शुभयात्रा!

   -देबेन्द्र ओली, झापा गापा- ६, झापा ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्