Logo
१२ बैशाख २०८१, बुधबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी समायोजन : आफ्नो इच्छाअनुसार श्रीमान-श्रीमती एउटै प्रदेशमा बस्न पाउने

काठमाडौँ : प्रहरी समायोजन विधेयक -२०७६’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएसँगै प्रहरी श्रीमान-श्रीमती भएमा दुवै जना एउटै प्रदेशमा बस्न पाउने भएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री थापाले प्रहरी समायोजन गर्दा कुनै विभेद नहुने गरी विधेयक ल्याएको जानकारी दिए ।
सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक विभेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताए । ‘पति-पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको छ । सरुवा र बृति विकासको सन्र्दभमा ध्यान पनि दिइएको छ । ’

उनले विधेयकमा बढुवाका सन्दर्भमा पनि विभेद नभएको बताए । ग्रेड थपको व्यवस्था गरिएको भन्दै बढुवाको प्रस्ताव किन नगरेको भन्ने प्रश्नमा संविधान जारी भइसकेपछि तीन पटक बढुवा भइसकेकाले समायोजनका क्रममा बढुवा नगरिएको जानकारी दिए ।

त्यस्तै उनले एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहका प्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको पनि जानकारी दिए । उनले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिए ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्