Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाई एयरवेजको बिमानबाट प्रधानमन्त्रीको सिंगापुर यात्रा, ३० मिनेटका लागि सबै उडान-अवतरण बन्द

प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजेर ३० मिनेटमा थाई एयरवेजबाट स्वास्थ्य उपचारका लागि सिंगापुर उडेका छन् ।

प्रधानन्त्रीको सिंगापुर यात्रासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नोटामा जारी गर्दै ३० मिनेट विमानस्थल पूर्णरुपमा बन्द गरेको छ।

विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार दिउँसो १ बजेर १० मिनेटबाट बन्द भएको विमानस्थल १ बजेर ४० मिनेटमा मात्रै खुलेको छ ।

विमानस्थल कार्यालयले भिभिआइपीको उडानका लागि ३० मिनेट उडान तथा अवरतण बन्द गर्न लागेको उनको भनाइ छ।

यसअघि प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक सातापछि स्वदेश फर्किएका थिए।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रिएटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। उनले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।

प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् । उनको स्वास्थ्य अवस्था बारे लिखितरुपमा जानकारी समेत दिइएको छ ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्