Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टीका अध्यक्षद्धय यादव र डा. भट्टराईसंग जयशंकरको भेटवार्ता

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले समाजवादी पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसंग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम् जयशंकरले अध्यक्षद्धय यादव र भट्टराईसंग नेपाल-भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेका हुन् ।

डा. भट्टराई फेसबुक मार्फत फोटो सार्वजनिक गर्दै दिल्ली स्थित जेएनयू कलेजबारे पनि बिविध रोचक स्मरण भएको बताएका छन् । डा. भट्टराई र भारतीय विदेशमन्त्री जयशंकरपनि जेएनयू कै बिद्यार्थी हुन् ।

भेटमा यादव-भट्टराई र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै भट्टराईले नेपालको विकासमा भारतको स्पष्ट मोडलको अपेक्षा आफूले राखेको बताएका थिए । नेपाल भारत दुई पक्षीय बैठकमा सहभागी हुन आएका जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै अपरान्ह स्वदेश फिर्ता हुँदैछन् ।

 

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्