Logo
८ बैशाख २०८१, शनिबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ महिनापछि प्रचण्डलाई पार्टी अध्यक्षता गर्ने मिल्यो मौका

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी चलाउने र बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरको हो ।

पार्टी अध्यक्ष भएको १८ महिनापछि प्रचण्डले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका हुन् ।

उपचारका सिलसिलामा सिंगापुर जान लागेका प्रधानमन्त्री ओली करिब एक हप्ता सिंगापुर नै बस्ने भएकाले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा हुने समझदारी आजको बैठकमा भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपाले प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्य्िवभाजन टुंगो लगाउन बाँकी छ ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले अब अध्यक्ष प्रचण्डको मात्रै अध्यक्षतमा पनि बैठक सञ्चालन गर्न सक्ने निर्णय गरेपछि अर्का अध्यक्ष प्रधानमन्त्री ओली अनुपस्थित भए पनि पार्टी निर्णयका बाँकी काम रोकिने छैनन् ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्