Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेल्थ अलर्ट : लामखुट्टेको टोकाइबाट बच्न अपनाउनुहोस् यी ७ उपाय

गर्मी याम बढेसँगै लामखुट्टे बढी मात्रामा देखिन थाल्छन् । उचित रेखदेखको अभावमा लामखुट्टेले सार्ने रोगहरु भनेको डेंगू, मलेरिया, आदि हुन् । जसले मुलत: पछि गएर महामारीको रुप लिन्छन् ।

सरसफाइको अभावमा लामखुट्टेले विभिन्न रोगहरु फैलाउने गर्दछ जसबाट थुप्रै मानिसहरुले ज्यान गुमाउने गरेका पनि हामीले सुनिआएका छौँ ।तसर्थ यसको टोकाइबाट बच्न अत्यन्त जरुरी हुन्छ । जसमा सर्वप्रथम त आफ्नो घरवरपरको सफाइ नै उत्तम उपाय हो ।

त्यसबाहेक लामखुट्टेको टोकाइबाट बच्न केही उपायहरु यहाँ दिइएको छ :

१. सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ । यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ ।

२. सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी आदी प्राकृतिक रुपमा लामखुट्टे भगाउने विरुवाहरु हुन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।

३. त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने । त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ।

४.गर्मी याममा लामखुट्टेबाट जोगिन घर वरिपरिको सरफाइमा ध्यान दिनुपर्छ । फोहोर तथा पानी जम्ने खाल्डा भए त्यहीबाट मच्छड फैलने डर हुन्छ ।

५. नरिवल तथा नीमको तेलको मिश्रण बनाएर त्यसको दियो बाल्नुपर्छ । यसबाट पनि लामखुट्टेको समस्याबाट मुक्त हुन सकिन्छ ।

६.लामखुट्टेको टोकाईबाट बच्न भटामास, तोरी, नीम आदिको तेल शरीरको खुल्ला भागमा लगाउनाले र लसुनको खानाले पनि सहयोग र्पुयाउँछ ।

७..यस बाहेक झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने भनेको थाहा भएको कुराहरु हुन् ।

 

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्