Logo
१३ बैशाख २०८१, बिहीबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिदैनौँ : मन्त्री खनाल

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् ।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन् ।

नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोका आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताए । मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए ।

कार्यक्रममा मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए । व्यवसायीहरुले अनौपचारिक रुपमा दशैंमा त देख्लास् भनेर धम्की दिएको बताए ।

मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खाना खान सकिने बताए । कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोडभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेपÞmरले जनाएको छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्