Logo
८ बैशाख २०८१, शनिबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइको मोबाईलको चार्ज टिक्दैन ? यस्ता छन् मोबाइल चार्ज गर्ने ५ प्रभावकारी टिप्स

अहिलेको प्राविधिक युगमा नयाँ टेक्नोलोजीसँगै धेरै उपकरणहरु आविष्कार भइरहेका छन् । नयाँ नयाँ फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु पनि बढिरहेका छन् । स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या हो- ब्याट्री लाइफ ।

महँगा र आधुनिक प्रविधिका स्मार्ट फोनमा झन् ब्याट्री धेरै नटिक्ने समस्या हुन्छ । अझ आजकाल मानिसहरु घन्टौँ फोनमा झुन्डिरहने समस्याले पनि ब्याट्रीको चार्ज टिकाउन धौधौ हुन गएको हो ।

ब्याट्रीको चार्ज सकिएपछि चार्ज गर्न पनि घन्टौं समय लाग्छ । तर केही उपाय अपनायौं भने चार्ज चाडो हुने गर्छ । सही तरिकारले कसरी गर्ने मोबाइल चार्ज ? यहाँ छन् केही प्रभावकारी टिप्स :

१. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस् :

यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

२. फोन पूरै बन्द गरेर चार्ज गर्ने :

मोबाइल फोन चार्जका बारेमा मानिसहरुका आ–आफ्नै तर्क भए पनि मोबाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ ।

३.  मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम :

मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाब छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

४.  तापक्रम मिलाउनुहोस् :

तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

५.  आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस् :

सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्