Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने पत्नी निकिताले प्रहरीमा दिईन् ३ जना विरुद्ध उजुरी

पत्रकार शालिकराम पुँडासैनीको आत्महत्या प्ररकणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् ।

प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी हुन् ।

निकिताले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध छ ।

पत्रकार पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्