Logo
१३ बैशाख २०८१, बिहीबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी फौजद्वारा गरिएको हवाई आक्रमणमा १८ विद्रोहीको मृत्यु

अफगानिस्तान :  अफगानिस्तानको उत्तरी तखार प्रान्तस्थित एस्कामिस जिल्लामा हवाइ आक्रमण भएको छ । उक्त आक्रमण सरकारी फौजले गरेकोहो जसमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।

हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए । उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए ।

सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन । (सिन्ह्वा)

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्