Logo
८ बैशाख २०८१, शनिबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा : आयोग गठन भएको ३२ वर्षपछि नोपलमा पाँचौँ बैठक

भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्।

जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। भारतमा मोदी सरकारको दोस्रो कार्यकालको यो पहिलो मन्त्रीस्तरिय नेपाल भ्रमण हो ।

आजदेखि सुरु हुन लागेको नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उनी नेपाल आएका हुन्। यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ।

त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन्। अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्