Logo
६ बैशाख २०८१, बिहीबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राखिने

काठमाडौँ : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राख्ने भएको छ ।

विद्यालय समयमा धेरै संख्यामा बालबालिका आवद्ध हुने र उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी विद्यालयस्तर देखिनै गराउँदा धेरै जानकारी हासिल गर्ने विश्वासका साथ ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू गर्न केन्द्र सरकारले निर्देशन दिँदै आएको छ ।

प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै योग्यता र क्षमता भएका नर्सहरुलाई फारम भर्न आह्वान गरेको छ ।

जसमध्ये सिन्धुलीका ८,रामेछापका ७, दोलखाका ८, सिन्धुपाल्चोकका १०, काभ्रेपलान्चोकका १२, ललितपुरका ५, भक्तपुरका ३, काठमाडौँका ९, नुवाकोटका १०, रसुवाका ४, धादिङका ११, मकवानपुरका ८ र चितवन ६ गरी १०१ वटा सामुदायिक विद्यालयमा नर्स राखिने जनाइएको छ । प्रदेश नं. ३ मा यसअघि नै २० वटा सामुदायिक विद्यालयमा नर्स राखिसकिएको छ ।

‘नर्सिङ र मिडवाइ फ्री’ नीति २०७४ को मस्यौदामा विद्यालयमा नर्स राख्ने कुरालाई अघि सारिएपछि अहिले अभ्यासका रूपमा धेरै विद्यालयले नर्स राख्न थालेका छन् । प्रदेश ३ ले वि.सं २०७५ बाट नै यो कार्यक्रम सुरु गरेको हो ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्