Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बुधबार सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं :  साताको चौथो दिन आज बुधबार सुनको मूलयमा वृद्धि भएको छ । बुधबार सुनको भाउ रु ३०० ले बढेको हो ।

मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ ।

त्यसैगरी चाँदीमा पनि प्रतितोला रु ५ ले वृद्धि आएको छ । मंगलबार रु ८२५ मा कारोबार भएको चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्