Logo
७ बैशाख २०८१, शुक्रबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो बालक जसको शरीरमा टाँसिन्छन् चम्चादेखि डाडुसम्म

हामीले कार्टुन र काल्पनिक कथाहरूमा मात्र यस्ता चरित्रहरू पाइने गरेका छौँ जसको शरीरमा धातुहरू टाँसिन्छन् । तर सुन्दा पत्यार नलाग्न सक्छ, बोस्निया-हर्जगोभिनामा एक बालक छन् जसको शरीर चुम्बक जस्तै छ ।

ती बालकको नाम एर्मान डेलिक्स हो । उनको शरीरमा चम्चा, सिक्का तथा थुप्रै चीजहरू सजिलै टाँसिन्छन् ।

ती बालकका बाआमा पनि छोराको यस्तो अस्वभाविक कृत्य देखेर हैरान छन् । आमाबुवामात्रै नभएर डाक्टरहरु पनि ती बालकको शरीर देखेर आफैँ तिनछक्क परेका छन् ।

उनका परिवारले उनलाई धेरै डाक्टरहरु देखाउनलग्दा कुनै चित्तबुझ्दो जवाफ नपाएको गुनासो रहेको छ । बच्चाको शरीरबारे अध्ययन गरेपनि डाक्टरहरूले बच्चालाई यस्तो हुनुको कारणबारे ठोस उत्तर दिन सकेका छैनन् ।

चिकित्सक र बैज्ञानिकहरुकाअनुसार मान्छेको शरीरमा यस्तो एक खालको ग्रिजी (चिप्लो) छाला हुन्छ जसका कारण यसरी सामानहरू टाँसिएको मान्ने गरेका छन् ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्