Logo
६ बैशाख २०८१, बिहीबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सचिवालय बैठक पुनः स्थगित, अध्यक्षद्धय सर्वदलीय बैठकको तयारीमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक  अाज मंगलबार पनि स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठक स्थगित भएपछि नेताहरु एकपछि अर्को गर्दै निस्किएका ह्न् ।

। बालुवाटारबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको तयारी नपुगेको सन्देश महासचिव विष्णु पौडेलमार्फत् पठाएपछि आफुहरु उठेको बताए ।

बैठक नबसेपछि बालुवाटारबाट सबैभन्दा पहिले माधवकुमार नेपाल बाहिरिएका छ्न । त्यसपछि नारायणकाजी श्रेष्ठ र वामदेव गौतम पनि निस्किएका छन्

बैठक स्थगित भएपछि दुई अध्यक्ष सर्वदलीय बैठकको तयारीमा जुटेका छन् । यो बैठकमा ज्येष्ठ नागरिक र विदेश विभागसहितका निकायका प्रमुख नियुक्तिबारे टुंगो गरिने तयारी थियो ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्