Logo
१३ बैशाख २०८१, बिहीबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चन भन्छन् – ‘मेरोे ७५ प्रतिशत कलेजो खराब भइसक्यो’

मुम्बई :  बलिउडका महानायक भनेर चिनिने अमिताभ बच्चन आजकाल ‘कौन बनेगा करोडपति’ का लागि चर्चामा छन् जुन चाँडै नै टेलिभिजनमा प्रशारण हुने भएको छ । कौन बनेगा करोडपतिको ११ औँ सिजन यो सोमबार रातिदेखि सोनी च्यानलमा सुरु हुने बताइएको छ ।

एक च्यानलको कार्यक्रममा पुगेका अमिताभले आफ्नो जीवनबारे केही जानकारी दिएका छन् । त्यहाँ उनले मानिसहरुले आफ्नो शरीरको नियमित चेकजाँच गर्नुपर्ने बताए । उनले आफ्नो उदाहरण दिँदै भने, ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । म २५ प्रतिशत कलेजोको सहाराले बाँचिरहेको छु । मलाई क्षयरोगका साथै विभिन्न समस्या छ । रोगबारे पहिल्यै थाहा भए यसको उपचार पनि सम्भव छ ।’

स्मरण रहोस्, ७६ वर्ष पुगिसकेका अमिताभ बच्चन यो उमेरमा पनि एकदम फिट छन् र लगातार फिल्ममा काम गरिरहेका छन् । अमिताभलाई स्वास्थ्यसम्बन्धी विभिन्न समस्या छ तापनि उनी यी समस्यालाई कहिले पनि आफूमाथि हावी हुन दिएका छैनन् । उनले कयौँ हिट फिल्म दिइसकेका छन् ।

यो उमेरसम्म चलचित्रमा काम गर्ने उनी एकमात्र सर्वश्रेष्ठ नायक हुन् त्यही भएर हो, उनलाई शताब्दीको महानायकको उपनाम दिइएको ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्