Logo
८ बैशाख २०८१, शनिबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार पुडासैनीको आत्महत्या प्रकरण : प्रतिनिधिसभामा सांसदहरुले दिए यस्तो अभिव्यक्ति

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउबारेको कुरा मंगलबार प्रतिनिधिसभामा उठेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले अनुसन्धान चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी, को निर्दोष भन्ने कुरा अदालतमा चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही होइन,’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

त्यस्तै नेकपाका सांसद हितबहादुर तामाङले चितवनको सडकमा संविधानविरोधी नारा लागिरहेको भन्दै सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । ‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा संविधानविरोधी नारा लाग्न थालेको पनि सुन्नमा आएको छ’, उनले भने, ’त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार सक्रिय होस्। राज्यले कुनै पक्षबाट पनि प्रभावित नभइ निष्पक्ष छानबिन गर्नुपर्छ ।’

गत साउन २० गतेराति चितवनको एक होटेलमा पत्रकार पुडाशैनी झुण्डिएर मरेको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्