Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अर्को अर्थ नलगाउन्’ भन्दै सुसाइड नोट लेखेर नासुले गरे सिंहदरबारमै आत्महत्या

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै मृत भेटिएका कर्मचारीले आत्महत्या गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसी कार्यालयमै मृत भेटिएका थिए ।

उनको सुसाइड नोट प्रहरीले भेट्टाएको छ । घट्नास्थलमा खटिएका एक अधिकृतकाअनुसार, नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू’ भनेका छन् ।

आफूले ‘कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन्’ भन्ने समेत लेखेका छन् । घटनास्थलमा पुगेका सिन अफ क्राइम (सोको) अफिसरले केसीको सुसाइड नोट संकलन गरेका छन् ।

यसलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ ।

औषधिसँगै केराको बोक्रा पनि भेटिएकाले उनले केरामा मिसाएर विष सेवन गरेको आशंका गरिएको छ । मृतक केसी कीर्तिपुर नगरपालिका टौदहका हुन् ।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । आयोगमा कार्यरत नायव सुब्बा केसी सिंहदरबारस्थितकार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्