Logo
१३ बैशाख २०८१, बिहीबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भदौ ८ मा प्रदेशसभाको बैठक, यी २ विधेयकमा छलफल गरिने

प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ गते बस्ने भएको छ । अपरान्ह २ बजे बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव रामशरण घिमिरेले बताए ।

सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका ४ प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उनले जानकारी दिए । प्रदेश सरकारले ०७६/७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्