Logo
१३ बैशाख २०८१, बिहीबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कबिर सिंह’लाई पछार्दै अक्षय कुमारको ‘मिसन मंगल’ले तोड्योे रेकर्ड

हालै रिलिज भएको अक्षय कुमारको मिसन मंगल १०० करोड क्लबमा पुग्न केही कदममात्रै टाढा रहेको छ । यस फिल्मले राम्रो व्यापार गरेको छ ।

आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७.२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७.५० करोड भारुको कमाई गरेको छ ।

यसरी यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ । अक्षयको फिल्मले भने मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा मात्र राम्रो व्यापार गर्यो भने उता अन्य शहरमा कबिर सिंहले राम्रो व्यापार गरेको छ । तसर्थ यस तुलनामा अक्षयको मिसन मंगल कमजोर रहेको जनाइएको छ ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्