Logo
११ बैशाख २०८१, मंगलबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुधबारदेखि नेपाल-भारत संयुक्त आयोगको बैठक

काठमाडौं : आगामी बुधबारबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौँमा सुरु हुने भएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी बुधबार र बिहीबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए । बैठकमा राजनैतिक,सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धि विषयमा छलफल हुने भएको छ ।

यसका साथै दुई देशका सरकार प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका विभिन्न आयोजना र सहयोगको कार्यन्वयनको मुल्याकन गर्ने पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।

यस्तै संयुक्त आयोगको बैठकमा दुई देशका प्रबुद्ध समुहले तयार गरेको प्रतिवेदन सरकार प्रमुखहरुलाई बुझाउने बिषयमा पनि छलफल हुने भएको छ । यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउँदै शिखर सम्मेलन गर्ने विषयमा समेत दुवै देशको संयुक्त आयोगको बैठकमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तान बीच बढ्दो तनाव र काश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिए । यो दुई देश बीचको विषय भएको र यसलाई बार्ता र सहमतिबाट मात्रै निकाश खोज्न सकिने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्