Logo
१५ चैत्र २०८०, बिहीबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस शीर्ष नेताहरु पाँच नम्बर प्रदेशमा : सरकारले प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने देउवाको चेतावनी

बुटवल : नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रदेश नम्बर ५ को भैरहवामा आएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमा सहभागी हुन शीर्ष नेताहरु यहाँ आएका हुन् ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले सरकार गैरजिम्मेवार बन्दै गएको भन्दै पार्टी कुनै पनि बेला सडक आन्दोलनमा होमिने बताए ।

सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको पनि दाबी गरे ।

सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । प्रजातन्त्र विरुद्ध लाग्ने कसैलाई पनि छोड्न नसकिने समेत देउवाले बताए ।

उनले प्रजातन्त्रको खिलाप र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने बताए । देउवाले राणा शासन, पञ्चायत र राजतन्त्र विरुद्ध कांग्रेसले संघर्ष गरेको गरेको स्मरण गर्दै ओली सरकारले पनि प्रजातन्त्र विरुद्ध काम गरे नछाड्ने चेतावनी दिए ।

यस्तै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । उनले कांग्रेसको सिद्धान्त सधै विजयी भएको दावी गर्दै नेकपा कारण जनताले दु:ख पाएको बताए ।

उक्त प्रशिक्षणमा पाँच नम्बर प्रदेशबाट केन्द्रीय सदस्य बनेका सवै नेताहरुका साथै करीब ५ सय महाधिवशेन प्रतिनिधि सहभागि रहेका छन् । काँग्रेस नीति केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा मंगलबारसम्म चल्नेछ ।

सिद्धार्थनगर उद्योग बाणिज्य संघ र पार्टी कार्यालयमा ४ वटा समूह बनाएर पार्टीको नीति र रणनीतिका बिषयमा प्रशिक्षण दिइने छ ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्