Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको महाराष्ट्रमा बस दुर्घटना :१३ को मृत्यु, २० घाइते

एजेन्सी : भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा बस दुर्घटना भएको छ । राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार राति १०:३० बजे सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

दुबै सवारी साधनको अगाडीको भाग नै ठोक्किएको हुनाले दुबै चालकको दुर्घटनामा मृत्यु भएको छ । महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको सो बसमा ४५ जना यात्रु सवार रहेका जनाइएको छ ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्