Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दर्ता नभएका औषधी बिक्री वितरण गर्ने पसलको दर्ता प्रमाणपत्र खारेज गरिने

काठमाडौं : औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरुलाई आग्रह गरेको छ ।

विभागले अटेरी गरी दर्ता नभएका औषधीको बिक्री वितरण भएको पाइए औषधी ऐन बमोजिम औषधी जफत गरिनुका साथै पसलको दर्ता प्रमाणपत्र समेत खारेज गरिने जनाएको छ ।

सोमबार एक सूचना जारी गर्दै विभागले औषधी ऐन २०३५ को दफा १० (क) बमोजिम दर्ता भएका औषधी मात्रै बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभागले दर्ता नभई बिक्रीवितरण गरिएका औषधीको एकीङ तथ्याङ्क भने बाहिर ल्याउन सकेको छैन । विभागले वर्षमा ३ हजारदेखि ३५ सयसम्म औषधी पसलको निरीक्षण गर्दै आएको छ ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्