Logo
१३ बैशाख २०८१, बिहीबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने ओलीको संकेत : प्रचण्डले भने- ५ वर्ष नेकपाको सरकार

जनकपुरधाम : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् ।

आइतबार मात्र संसदमा प्रधानमन्त्री ओलीले ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहने संकेत गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपालसँगै जनकपुर पुगेका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार नै ५ वर्ष रहन्छ भन्न चाहेनन्, पार्टीको भनेका छन् ।

पार्टी कि केपी ओली शर्मा नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् । अध्यक्ष दाहालले पहिलो वर्ष भएकाले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार्दै उनले अब गतिका साथ काम गर्ने बताए ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्