Logo
४ बैशाख २०८१, मंगलबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताँमझाँमका साथ काठमाण्डौमा नेपाल कुशवाहा कल्याण समाजको कार्यक्रम

नेपाल कुशवाहा कल्याण समाजको २८ औं स्थापना दिवस तथा लवकुश पुजन २०७६ भब्यताका साथ सम्पन्न भएको छ । नेपाल कुशवाहा कल्याण समाज उपत्यका कार्य समितिले बिहिबार ताँमझाँमका स्थापना दिवस तथा लवकुश पुजन सम्पन्न गरेको हो । काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा आयोजित कार्यक्रममा हजारौं कुशवंशीहरुको सहभागिता रहेको थियो ।

प्रत्येक वर्ष जनै पुर्णिामा तथा रक्षा बन्धनका दिन कुशवाहा समुदायले भब्यताका साथ कार्यक्रम गर्दै आएका छन् । तरिकाबाट पुजा गर्दै कार्यक्रममा मा रक्षा बन्धन कार्यक्रम ज्येष्ठ नागरिक, SEE र +2 का विद्यार्थी हरुलाई सम्मान कार्यक्रम एवम् ख्याति प्राप्त समाजसेवी हरुलाई सम्मान गरिदै आएको छ ।

कार्यक्रममा समाजको केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि परमानन्द मेहताले सम्पुर्ण कुशवाहाहरु आफ्नो व्यक्तिगत हठ र स्वार्थ त्यागी एक भई समाज कल्याणको कार्यमा जुट्न आग्रह गर्नुभयो साथै कुशवाहा समाजमाका एक धरोहर मानिने कुशवाहा वचत तथा ऋण सहकारी संस्थामा आवद्ध हुन जोड दिनु भयो।

केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ का निम्ति छुट्टै ब्यानरमा छुट्टै ठाउँमा लवकुश जयन्ती मनाई समाजलाई टुक्रीएको अवस्थामा देखाउने तथा समाजमा भ्रम फैलाउने कार्य गर्ने व्यक्तिहरु नेपाल कुशवाहा कल्याण समाज र कुशवाहा सहकारी संस्था मा बस्ने कुनै नैतिक अधिकार नरहेको र यसबारे छिट्टै नै केन्द्रिय कार्य समितिले निर्णय लिनेछन ।

कार्यक्रममा विशिष्ट अतिथी रहेका समाजका पुर्व अध्यक्ष प्रा.डा. कृपाराम मेहताले समाजमा केहि ब्यक्तिहरुको हटका कारण समाजलाई भाड्ने कार्य समेत भइरहेको बताए । चुनाव पनि जित्न नसक्ने अनि जित्ने कार्य समिति र चुनाव गराईदिने केन्द्रिय कार्य समितीलाई दोषी भन्नेहरु नै समाजका कुतत्व भएको बताए । ‘यो त अत्ति नै बचपना हो । अहिले भएको झगडा हैन केही निश्चित व्यक्तिहरुको व्यक्तिगत हठ र स्वार्थले निम्त्याएको रगडा हो ।’ उनले भने ‘यो समान्य कुरा होइन समाजको घाउ बन्दैछ’

कार्यक्रममा कुशवाहा बुद्धिजीवी सेवा समाजका अध्यक्ष देबनारायण महतोले नियम तथा निति अनुसार बनेको नयाँ उपात्यका समितिलाई बधाई दिदै ललिन्द्र महतोको नेतृत्वमा बनेको उपत्यका कार्य समिति उपत्यकामा रहेका सम्पुर्ण कार्यक्रममा उपत्यका समितिका अध्यक्ष ललिन्द्र महतोले यथार्थ परिस्थितिलाई नबुझ्नेहरु समाजका बाधक भएको बताए ।

‘झिना मसिना वाहियात कुराहरूबाट वा कुनै पनि बहानामा समाजलाई पछाडी धकेल्नु हुदैन । हामी व्यक्तिगत स्वार्थ बाट माथी उठौ, उपत्यका कार्य समितिले सबैलाई मान सम्मान गरिरहनेछ । हामी सबै सचेत होऔ । व्यक्तिगत फाईदा तथा स्वार्थका लागि ड्राइभ गर्नेहरुबाट समाजलाई दुर्घटना हुनबाट बचाउने जिम्मेवारी अब हाम्रो काध मा आएको छ ।’

उनले भने-‘विगतमा हामी ५/६ टुक्रामा फुटेका थियौ आखिर हामी फेरि एक भयौ यो इतिहासले देखाएक्क कुरा हो । फेरि हाम्रा साथीहरू बाटो नबिराउन । बाटो बिराउनेहरु फेरि यहीँ आउने बाहेक अर्को कुनै बिकल्प छैन । यो ध्रुव सत्य हो । सबै मिलि एकजुट होऔ यथार्थलाई सम्मान गरौं । जस्ता कुराहरु भन्नू भयो । साथै वहाँले समाजका लागि एमुबुलेन्स तथा उपत्यकामा जग्गा खरिद गरि लवकुश धाम कुशवाहा धर्मशालाको कार्यलाई अगाडि बढाऔ यसैमा सबै कुशवाहाको कल्याण हुनेछ जस्ता कुराहरु राख्नु भयो ।

कुशवाहा समुदायहरुले चुनावमा भोट दिई जिताएको कार्य समितीभएको बताए । उनले भने ‘जसलाई केन्द्रिय कार्य समितिले पनि प्रमाणपत्र दिई अनुमोदन गरिसकेको आधिकारिक कार्य समिति हो । साथै समाजको तर्फबाट उपत्यकामा लवकुश पुजा तथा समाजको स्थापना दिवस मनाउने यो नै आधिकारिक कमिटी हो ।’

सम्मान कार्यक्रम ताम्रपत्र द्वरा सम्मानित : 

१. श्री तपेश्वर महतो (राष्ट्रिय अध्यक्ष) तथा केन्द्रिय कार्य समिती

२. श्री राज कुमार सिंह (कुशवाहा वचत तथा ऋण सहकारी संस्था लि.)

३. श्री पवन मेहता ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

४. श्री शिव कुमार महतो ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

५. डा. नागेन्द्र महतो ( सल्लाहकार-“उपत्यका कार्य समिती”)

राम शरण जयबती महतो कुशवाहा ज्येष्ठ नागरिक सम्मान

१. विन्द्र मति मेहता,

२. प्रेम सुन्दरी देवी, ३. लक्ष्मी प्रसाद कोइरी,

४. बासुदेव महतो कोईरी ,

५. राजमती देवी ,

६. सुरज देवी कुशवाहा

#विद्यार्थीहरु सम्मानित +2 विद्यार्थी प्रथम छात्र

ओम प्रकाश सिंह (GPA=3.695),

प्रथम छात्रा – आस्था सिंह (GPA=3.195)

SEE विद्यार्थीहरु सम्मानित

छात्र तर्फ प्रथम

सुवाष सिंह (GPA=3.9),

द्वितीय- अविनाश कुमार सिंह (GPA=3.85) ,

तृतीय – प्रियान्शु कुशवाहा (GPA=3.7)

 

छात्रा तर्फ : 

प्रथम – पुजा कुमारी कुशवाहा (GPA=3.75) र प्रज्ञा सिंह (GPA=3.75),

द्वितीय- अमृता कुशवाहा (GPA=3.65) ,

तृतीय – रागिनी कुशवाहा (GPA=3.6)

सान्त्वना पुरस्कार / प्रसंशा पत्र : 

१. सुभेक्षा सिंह ,

२. सुजल सिंह,

३. अदिती कुशवाहा,

४. अदित कुशवाहा,

५. नितिश प्रसाद कुशवाहा ,

६. राम रतन प्रसाद कुशवाहा,

७. पंकज कुमार महतो ,

८. रोशन कुमार सिंह,

९. नवीन सिंह ,

१०. अनिल कुमार महतो ,

११. अमित कुमार महतो ,

१२. श्रेया कुशवाहा ,

१३. खुश्बु महतो ,

१४. ज्योति कुमारी,

१५. सुजित कुमार सिंह,

१६. राधेश्याम कुमार कुशवाहा ,

१७. सरोज कुमार कुशवाहा,

८. साजन कुशवाहा

१९. ममता कुमारी सिंह महतो,

२०. मन्जित बाबू सिंह महतो ,

२१. सोहन मेहता ,

२२. प्रिन्स कुशवाहा,

२३. चन्चला कुमारी ,

२४. नीता सिंह ,

२५.मोनिका कुमारी कुमारी कुशवाहा ,

२६. अमलेश कुमार कुशवाहा

हरेक वर्ष झै लवकुश पुजा, स्थापना दिवस, सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सहभोज भैइ कार्यक्रम भब्य रुपमा सम्पन्न हो ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्