Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जब विवाहमा सुनिल पुगे रिङ्कु भाभीको गेटअपमा…

मुम्बई :  सुनील ग्रोवर एक चर्चित कमेडियन हुन् । उनको नाम लिने बित्तिकै हाम्रो दिमागमा उनले निर्वाह गरेको गुत्थी, डा.मशहुर गुलाटी र रिंकु भाभी जस्ता चरित्र याद आउने गर्दछ । यी सबै भूमिकामार्फत सुनिलले दर्शकको दिलमा विशेष स्थान बनाएका छन् ।

सुनिलले यी सबै भूमिका कपिल शर्मा शोमा निर्वाह गरेका थिए । तर अहिले उनले शो छोडेपश्चात् कपिल शर्मा शोका दर्शकले उनका यी भूमिका मिस गर्ने गरेका छन् ।

कपिल शर्मा शोपछि उनलाई दर्शकले अली अब्बास जफरको फिल्म भारतमा देख्न पाए । फिल्ममा उनी सलमान खानको साथीको भूमिकामा थिए । उनले फिल्ममा निर्वाह गरेको भुमिकाबाट खुब वाहवाही पाए ।

हालै भएको एक वैवाहिक कार्यक्रममा उनी रिंकु भाभीको गेटअपमा सहभागी भए । उनलाई देख्ने बितिकै बिवाह समारोहमा सहभागी हैरान भए । केहीले उनको मजाक उडाए भने धेरैले उनीसँग मनोरन्जन लिए ।

उक्त अवसरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सुनील रिंकु भाबीको गेटअपमा ‘मेरे पति मुजको प्यार नही करता’ गीत गाएको देखिन्छन् ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्