Logo
१३ बैशाख २०८१, बिहीबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० दिन स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका प्रधानमन्त्री पुन: सिंगापुर जाँदै

काठमाडौं : स्वास्थ्यमा फेरि समस्या देखिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुन सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली साउन २७ गतेमात्रै सिंगापुरमा १० दिन स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए ।

अहिलेसम्मको योजना अनुसार उनी भदौ ४ गते त्यसतर्फ जाने बालुवाटार स्रोतले बताएको छ ।

उता प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेका क्याबिनेट चिकित्सक डा. दिलिप शर्माले भने कति गते जाने भन्ने निश्चित नभएको बताउदै चाँडै जान लागेको मात्र आफूलाई थाहा भएको बताए । उनले भने, ‘चाँडै नै फलोअपको लागि जाने तयारी भएको हो, तर मिति भने टुंगो लागिसकेको छैन ।‘

प्रधानमन्त्री ओली गत साउन १८ गते स्वास्थ्य परिक्षण लागि सिंगापुर गएका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै रहेका थिए । तोकिएको समयभन्दा दुई दिन ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ ।

उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन् । जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्लन चिकित्सकहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्