Logo
१२ बैशाख २०८१, बुधबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछाने सहित कँडेल र कार्कीविरूद्ध किटानी जाहेरी दर्ता

केहि दिन अघि आत्महत्या गरेका भनिएका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।

तेह्र दिनको काजकिरिया सकिएपछि उनी आइतबार जाहेरी दिन परिसरमा पुगेकी हुन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।

उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। ‘जाहेरीलाई खामबन्दी गरी चितवन पठाउने तयारी भइरहेको छ,’ परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने।

लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्