Logo
७ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोरपाटन दैनिकको १६ औँ वार्षिकोत्सव : मन्त्री बाँस्कोटाद्वारा पत्रकारलाई सम्मान

बागलुङ :  ढोरपाटन दैनिकको १६ औं वार्षिकोत्सव समारोह मनाइँदै छ । आज आइतबार आयोजित समारोहका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बिहान बागलुङ आइपुगेका छन् । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले मन्त्री बाँस्कोटाको स्वागत गरेका छन् ।

आज आयोजित १६ औं वाषिकोत्सव समारोहको उद्घाटन र सम्बोधन सञ्चारमन्त्री बाँस्कोटाले गरेका छन् । त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले उक्त समारोहमा आफ्नो मन्तव्य राखेका छन् ।

यसैक्रममा बाँस्कोटालाई ढोरपाटन राष्ट्रिय दैनिकको पत्रिकाका सम्पादक हरिनारायण गौतमले मायाको चिनो पनि प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टले उक्त समारोहमा आफ्नो मन्तव्य राखेका छन् । बाँस्कोटालाई ढोरपाटन राष्ट्रिय दैनिकको पत्रिकाका सम्पादक हरिनारायण गौतमले मायाको चिनो पनि प्रदान गरेका छन् ।

यस कार्यक्रममा बागलुङका अग्रज पत्रकार एवं समाजसेवी ओमकार गौचनलाई सम्मान गरिएको छ ।

 

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्