Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वयम्भूमा २० वर्षीया प्रहरी जवानको शंकास्पद मृत्यु, ३० वर्षीया प्रेमिका नियन्त्रणमा

काठमाडौं : महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् २० वर्षीया प्रहरी जवान शंकर ठगुन्ना गएराति मृत अवस्थामा भेटिएका छन् ।
मृत ठगुन्ना नागार्जुन नगरपालिका-३, ठूलो र्भयाङमा श्रीमानको मृत्यु भइसकेको ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् ।

स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको थियो ।

‘महिलाले भनेअनुसार सामान्य विषयमा विवाद हुँदा उनले मर्छु भन्दै पासो बेरेका थिए’, अनुसन्धान अधिकृत भन्छन्, ‘एक पटक त्यसो नगर्न भन्दाभन्दै मुक्का हानेर लडाएको उनले बताएकी छन् ।’

मुक्का प्रहारबाट आफू लडेको बताउँदै प्रहरीसँग महिलाले भनेकी छन्, ‘लडेपछि एकछिन भुइँमै झपक्क भएँ । उठेर हेर्दा झुण्डिएको देखेँ ।’ लगत्तै, झ्यालमा झुण्डिएका ठगुन्नाको सलको पासो खोलेको उनले बयान दिएकी छन् । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्