Logo
८ बैशाख २०८१, शनिबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको भनाई : अर्को निर्वाचनसम्म प्रधानमन्त्री मै हो, ‘राजा फर्काउने कुरा चिहानमा गएर हड्डी फुके जस्तो’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आगमी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहने बताएका छन् । उनले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत दिए ।

पार्टी एकताका बेला प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिमा ओली र दाहालले हस्ताक्षर गरेका छन् ।

तर आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भने ‘अर्को निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्को निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।’

‘अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ’, प्रधानमन्त्री ओलीले भने ‘अर्को निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना हो । ’

‘अब चिहानमा गएर हड्डी फुकेर पुरानो व्यवस्था फर्काउँछु नभने हुन्छ’
प्रधानमन्त्री ओलीले प्रतिगामी तत्वहरुका संस्थालाई जिउँदै छँदा ठेगान लगाएको भन्दै अब चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गर्नु बेमौसमको बाजा बजाए जस्तै हुने टिप्पणी गरेका छन्।

आईतबार संसदमा संवोधन गर्दै प्रधानमन्त्री ओलीले खासगरी पछिल्लो गणतन्त्र र संघीयता असफल भएको भन्दै राजतन्त्र चाहिने आवाज उठाएका पार्टी र नागरिकप्रति लक्षित गरेर त्यस्तो टिप्पणी गरेका हुन्।

उनले उदारता देखाएको नपत्याए सरकार लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि मैदानमा उत्रने अठोट व्यक्त गरेका छन् । उनले भने,‘ यो सरकारले ठूल्ठूला चुनौतिको सामना गरिसकेकाे छ।

जुन शक्ति, संस्था र निकायका कुरा गर्ने गर्छन् मानिसहरु ती शक्तिहरु जिउँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौँ अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्छ।’

हेर्नुस् Live भिडियो : 

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्