Logo
१३ बैशाख २०८१, बिहीबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लोक स्टारबाट सुष्मा झा आउट, एकमात्र मधेशी अनुहार रवीराजलाई अब भोटको आवश्यक्ता

रियाल्टी TV शो नेपाल लोक स्टारबाट सुष्माकुमारी झा आउट भएकी छन् । शुक्रवार प्रशारित शोको १६ औ एपिसोडबाट उनी धेरै भोट नपाएर बाहिरिएकी हुन् । उक्त शोमा अब एक मात्र मधेशी अनुहार रवीराज साह रहेका छन् ।

यद्यपी पछिल्लो पटक उनी सेफ जोनमा परेका छन् । तर अब भने आउदो एपिसोडबाट उनी लगायत सबै प्रतिष्पर्धीहरु भोटका आधारमा मात्र आउट वा सेफ हुनेछन् ।

पछिल्लो एपिशोडमा उनले अवध नगरीया से अलै वरियतिया,हे सोहावन लागे ..बोलको गीत गाएका थिए भने सुष्माले अहिठीयाँ नथिया हरागेले दइया गे .. बोलको गीत गाएकी थिएन, उनी गीत गाउँदा गाउदै २ चोटी नर्भस भएकी थिइन ।

हेर्नुस् भिडियो :

रवीराजले आफूूलाई  धेरै भोट दिएर सेफ जोनमा परोकाले भोटरहरुलाई धन्यावाद पनि दिएका छन् । उनले भनेका छन् ’-तपाई भगवान सरह श्रोतालाई मेरो कोटी कोटी नमन्। मलाई भोट गरेर ‘IME NEPAL LOK STAR’ को टप 12 मा पुर्याई दिनु भएकोमा धेरै धेरै धन्यवाद।आगामी दिन हरुमा पनि हजुर हरुको माया प्रेम पाउने आशा गरेको छु।’

सुष्मा आउट भएपछि रावीराजले दुखः ब्यक्त गर्दै आफ्नो फेसबुक वालमा लेखेकाछन् ‘बहिनी सुष्मा झा नेपाल लोक स्टार बिजेता हुने क्षमता भएकी मधेशकी छोरी हुन्। जीवन एउटा संघर्ष हो । जुन संघर्ष सबैले कुनै न कुनै रुपमा गरिराखेको हुन्छ । त्यहि संघर्षको रुपमा आज म एउटा सानो गाउ बाट संघर्ष गर्दै तपाँई दाजु-भाइ, दिदी–बहिनी, इष्ट, मित्र र सम्पूर्ण अग्रजहरुको प्रेम, स्नेह र आशिर्वादले नेपालको सबभन्दा ठुलो रियाल्टी सो नेपाल लोक स्टारको १६ औ एपिसोडबाट सेफ जोनमा पुगेको छु । सेफ जोनमा पुगे पनि म आज धेरै नै दुःखी छु किनकी मेरो प्यारी बहिनी प्रदेश न.२ सप्तरी जिल्ला निवासी सुष्मा झा एउटा कुशल गायिका र नेपाल लोक स्टार कार्यक्रमको बिजेता हुने क्षमता भएकी मधेशकी छोरी हुन् तर दुर्भाग्यवास कम भोट पाएकी कारण यो मन्चबाट बाहिरनु परेकोले म मर्माहित छु ।’

शोबाट बाहिरिए पनि सुष्मा झाले रवीराजलाई भोटिङ्ग गर्न उनको सफलताका लागि कामना गरेकी छन् । उनले फेसबुकमार्फत भनेकी छन् -‘रावीराज मात्र मधेशको होइन उहाँ नेपालकै स्टार हो ।’

यस्तो छ सुष्माको पोष्ट : 

रवीराजलाई भोटिंग गर्ने तरिका:
नेपालका लागि : Type L(space) 01
Send to 37000
OR
Dial from landline : 166677
Enter voting code : 01

भारतका लागि : Type L(space) 01
Send to 53010

कतारका लागि : Type L(space) 01
Send to 92300

साथै IME PAY APP बाट पनि भोट गर्न सकिन्छ ।

 

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्