Logo
११ बैशाख २०८१, मंगलबार
(August 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको शानडोङ प्रान्तमा डुङ्गा डुब्दा ७ जनाको मृत्यु, अन्य २ बेपत्ता

जिनान :  चीनको पूर्वी भागमा पर्ने शानडोङ प्रान्तमा एक डुङ्गा दुर्घटना भएको छ । शुक्रबार अपराह्न भएको उक्त दुर्घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २ बेपत्ता भएका स्थानीय तटिय उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार ५ः५५ बजे उत्तर भागमा पर्ने हेबेई प्रान्ततर्फ गईरहको सो डुङ्गा बन्दरगाह शहर रिझाओनजिकै उच्च वेगमा आएको हावाको कारण पल्टिएको बताइएको छ । स्थानीय समयानुसार शनिबार ११ बजे सात व्यक्तिको शव फेला परेको र वेपत्ता व्यक्तिहरुको खोजी कार्य भईरहेको जनाइएको छ ।

डुङ्गा दुर्घटना भएको उक्त समयमा ५० मिटर प्रति सेकेण्डको हिसाबबाट हावा चलेको अधिकारीहरुले जानकारी दिएका छन् । (रासस/ सिन्हवा)

प्रकाशित मिति: Aug 17, 2019

प्रतिक्रिया दिनुहोस्